धर्मगुरु लिङदेनको जन्मोत्सवमा सोमबार माङसेबुङमा सार्वजनिक विदा

  नयाँ बुलन्द
406 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवमा सोमबार (१८ मंसिर) सार्वजनिक विदा दिएको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले गाउँपालिकाको तर्फबाट सूचना जारी गर्दै धर्मगुरु लिङदेनको जन्मोत्सवमा १८ मंसिरमा  माङसेबुङ क्षेत्रभित्र स्थानीय बिदा दिइएको जानकारी दिएका हुन् ।

धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा विगतदेखि नै दिदैं आएको सार्वजनिक विदा यसवर्ष पनि निरन्तरता दिएको हो ।

पहिलो कार्यकालमा गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले धर्मगुरुको जन्मोत्सवमा हरेक वेर्ष १८ मंसिरमा दिन सुरु गरेका थिए । दोस्रो कार्यकालमा समेत निरन्तरता पाएको छ ।

किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ गाउँपालिका-५ मा १८ मंसिरमा बर्सेनि जन्मोत्सव विशेष धार्मिक कार्यक्रम हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार