पञ्चेबाजा घन्काउदै इनपा ९ का महिला

नौमती बाजा पञ्चेबाजाको ठूलो रुप हो ।  नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा इलामका महिला सक्रिय देखिएका छन् । बाहुन, क्षेत्री , राई,लिम्बु , दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि इलाम नगरपालिका वडा न ९का महिलाले समूह नै गठन गरि बाजा बजाउन लागिपरेका छन् ।
कुनै समय कुनै एक समुदाय विशेषका पुरूषले मात्र नौमती बाजा बजाउने चलन थियो । उक्त परम्परा तोड्दै जातिय भेदभाव जगाउने उद्देश्यले समुदायका सबैले नौमती बाजा बजाउन थालेका छन् ।
नौमती बाजामा पुरूष एकाधिकारको अन्त्य गर्दै कतिपय बाहुन, क्षेत्री समुदायका महिलाले मात्र नभएर सबै समुदायका महिला मिलेर यतिबेला बाजा बजाएर आर्थिक आम्दानी गर्न लागि परिरहेका छन् ।
एउटै उमेर समूहका उनीहरु जब हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को र झ्याली लिएर पञ्चेबाजा बजाउन सुरू गरेपछि त्यहाँको माहोल नै फेरिनेगरेको छ ।
महिलाले बाजा बजाउन हुन्न भन्ने परम्परागत धारणालाई अन्त्य गर्न महिलाको ल समूहले नौमती बाजामार्फत समाजमा सशक्तीकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चैबाजाको संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनका अभियानमार्फत अघि बढेको इलामका लोक गायक देबि गौतमले बताए ।

नौमती बाजा नेपाली धार्मिक, एवं सांस्कृतिक सम्पदाको रुपमा विवाह, व्रतबन्ध, विदेशी पाहुनाको स्वागत र बिदाई, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोहदेखि विशेष कार्यक्रममा बजाइने गरिन्छ यसको सरक्षण गर्नका लागि इलाम नगरपालिका वडा न ९ ले विशेष कार्यक्रमको योजना तयार गरि महिलाहरुलाई तालिम दिएको वडा अध्यक्ष गोपाल चौहानको भनाई छ ।

अहिले नौमती बाजाले विभिन्न जाति र समुदायका महिलाबीच जातीय सौहार्दता कायम गर्न मद्दत गरेको छ मात्र छैन समाजमा रहेका विभिन्न जातजातीका महिला आबद्ध भएर महिलाले पनि पुरूषसरह काम गर्न सक्छन् भन्ने सन्देश समेत प्रभाव भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार