मोटरसाइकल दुर्घटनामा आमा-बुबा र छोरीको मृत्यु

  नयाँ बुलन्द
700 Shares

हेटौंडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका २, धवाडीपुलमा मोटरसाइकल दुर्घटना हुँदा आमाबुबा र छोरीको मृत्यु भएको छ ।

मकवानपुरको सुकौराबाट कान्ति लोकपथतर्फ आउँदै गर्दा प्रदेश ३-०२-०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई धवाडीपुलबाट १२ मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका २ बस्ने ३५ वर्षीय भीमबहादुर स्याङ्तानको उपचारका क्रममा भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेकी ३४ वर्षीया भीमबहादुरकी पत्नी रुपा स्याङतान र उनकी पाँचमहिने छोरीको घट्नास्थलमै मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार