‘लिम्बू भाषा’ कामकाजीको वार्षिक उत्सव, घरघरमा दीप प्रज्वलन

  नयाँ बुलन्द
777 Shares

लाम : इलामको माङसेबुङ गाउँपालिका-५ मा ‘लिम्बू भाषा’ कामकाजी लागू गरिएको छठौं वार्षिक उत्सव मनाईएको । वडा कार्यालयले स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी घोषणा गरेको पाँचौं  वर्ष पूरा भएको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइएको हो ।

जनप्रतिनिधि, कर्मचारी, किरात धर्म सम्बद्ध संघसंस्था, सामाजिक संघसंस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितीमा शुभकामना आदानप्रदान, सम्मान र घरघरमा दीप प्रज्वलन गरि वार्षिक उत्सव मनाएका हुन् । स्थानीय भाषालाई सरकारी कामकाजी बनाएको खुसीयालीमा वडाबासीहरु आआफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।

वडाअध्यक्ष नरेन्द्रकुमार राईको अध्यक्षता र गाउँपालिका अध्यक्ष हेमन्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, धर्मिक एवम् सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो । कार्यक्रममा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङ र लेखिका भिमा खजुमले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले गाउँपालिकामा समेत ‘लिम्बू भाषा’ लाई कामकाजी कार्यन्वयनको तयारिमा रहेको बताए । उनले गाउँसभाले पास गरिसकेको हुनाले चाँडै कार्यन्वयन गराउने दिशातर्फ अघि बढिएको बताए ।

वडा अध्यक्ष राईले नेपालो इतिहासमा पहिलो पटक स्थानीय ‘लिम्बू भाषा’ लाई कामकाजी लागू गरिएको स्मरणमा बर्सेनि वार्षिक उत्सव मनाउन थालिएको बताए । यस्तो ऐतिहासिक कामलाई कसैले नबिर्सियोस् भनेर प्रत्येक वर्ष दिपावली गरी वार्षिक उत्सव मनाउने उनले बताए ।

कार्यक्रममा माङसेबुङ गाउँपालिका-४ नं. वडा अध्यक्ष नविन योङहाङ, माङगेन्ना सेवा समिति उपाध्यक्ष होम लिङ्देन, किरात धर्म तथा साहित्य उत्थान संघ उपाध्यक्ष दुधबहादुर लाओती, माङगेन्ना सेवा समिति सचीव शक्ति साँवा,  प्रअ  कल्पना लिङ्देन पन्धाक, किरात साम्यो माङसेवासाबा पान्जुम्भो सचिव सन्चहाङ सम्बाहाङफे, माङगेन्ना सेवाको पूर्व सचिव नन्दकुमार नेम्वाङ समेतकफ उपस्थिति रहेको थियो ।

इलामको माङसेबुङ गाउँपालिका-५, मा १३ मंसिर २०७५ मा स्थानीय भाषाका रुपमा ‘लिम्बू भाषा’ लाई  सरकारी कामकाजी भाषाका रुपमा लागू गरिएको थियो । ‘लिम्बू भाषा’ लाई कामकाजी भाषा लागू गरेपछि भाषिक कर्मचारी (दोभासे) को समेत व्यवस्थापन गरेको छ ।

यसवर्ष सिंङ्गो गाउँपालिकामा नै ‘लिम्बू भाषा’ कामकाजी लागू गर्ने तयारी भइरहेको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा नै ‘लिम्बू भाषा’ लाई गाउँपालिकाको कामकाजी बनाउने समावेश गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार