माङसेबुङमा माओवादीको अभियान समिक्षा

  नयाँ बुलन्द
602 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को जारी ‘जनतासँग माओवादी विशेष रुपान्तर अभियान’ को समिक्षा गरिएको छ ।

पार्टीले गत १६ भदौदेखि सुरु गरेको अभियान अन्तरगत माङसेबुङ गाउँपालिकाको समिक्षा गरिएको हो । माओवादी केन्द्र गाउँ समिति अध्यक्ष पृथीमान जवेगूको अध्यक्षता र केन्द्रीय सदस्य एवम् इलाम इन्चार्ज कुलप्रसाद साँवा कुशलको प्रमुख आतिथ्यतामा बैठक गरी अभियानको समिक्षा गरिएको हो ।

समिक्षा कार्यक्रममा इन्चार्ज कुशलसहित प्रदेश सदस्य एवम् इलाम सहइन्चार्ज कान्छा लावती, प्रदेश सदस्य एवम् पालिका इन्चार्ज लक्षुमन राई जनम, जिल्ला सदस्य टेकहाङ सोङ्मी, पालिका अध्यक्ष जवेगू, उपाध्यक्ष नरबहादुरु आङदेम्बे, सचिव भूपाल योङहाङ, प्रेस सेन्टर केन्द्रीय सदस्य राम योङहाङ, १ नं. वडा अध्यक्ष प्रकाश बुढाथोकी लगायतले अभियानको समिक्षात्मक टिप्पणी गरेका थिए ।

बैठकले माङसेबुङ गाउँपालिकामा अभियान प्रभावकारी रुपमा संचालन हुन नसकेको निष्कर्श निकाल्दै अब प्रभावकारी बनाउने निर्णय गरेको छ ।

आउँदो २० गते पार्टीको गाउँ समिति बैठक बसी जिम्मेवार बाँडफाँड गरी अभियानलाई तीव्रता दिने निर्णय गरेको पार्टी सचिव भूपाल योङहाङले जानकारी दिए ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारासाथ संचालन भईरहेको अभियानको क्रममा यतिबेला माओवादी नेताहरु टोलटोलमा पुगेका छन् ।

१५ मंसिरसम्मका लागि तीन महिने अभियान सुरु गरेको माओवादीले एक महिना थप गरी १५ पुससम्मका लागि अभियान संचालन गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार