माई नगरपालिका-८ मा माओवादीको टोल समिति

  नयाँ बुलन्द
469 Shares

इलाम : इलामको माई नगरपालिका ८ मा नेकपा (माओवादी केन्द्र) को टोल समिति गठन भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत सो वडाको चेपेखोलामा टोल समिति गठन भएको छ ।

मनकुमार चौहनको अध्यक्षतामा १३ सदस्यीय टोल समिति गठन भएको हो

उपाध्यक्षमा मदन नेम्बाङ, सचिवमा नरवीर राई, कोषाध्यक्षमा सविना फागो चयन भएका छन् ।

सदस्यहरुमा गोपाल फत्र, युवराज श्रेष्ठ, मनकुमार राई, सुकविर फागो, सुन्दरी बस्नेत, श्रीप्रसाद नेम्बाङ, बलबहादुर रसाईली, विष्णु श्रेष्ठ रहेका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारासाथ संचालन भईरहेको अभियानको क्रममा यतिबेला माओवादी नेताहरु टोलटोलमा पुगेका छन् । अभियान १५ पुससम्म संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार