ताप्लेजुङमा यातायात तथा बजार बन्द

  नयाँ बुलन्द
49 Shares

ताप्लेजुङ  : एमाले सचिव योगेश कुमार भट्टराई चढेको गाडी तोडफोडको आरोपमा पक्राउ परेका कार्यकर्ता छोड्न माग गर्दै ताप्लेजुङ बन्द गरिएको छ । मंगलबार मेची राजमार्ग बन्द गरेको ‘प्रदेश १ पुनः नामांकन संघर्ष समिति’ले बुधबार ताप्लेजुङमा यातायात तथा बजार बन्द गराएको हो ।

पहिचान पक्षधरको आन्दोलनका कारण ताप्लेजुङमा बजार र यातायात ठप्प

बन्दकर्ताले लामो तथा छोटो दूरीका कुनै पनि यातायातका साधन चल्न दिएका छैनन् । बन्दका कारण सदरमुकाम फुङलिङका पसल बन्द रहेका छन् ।

गत मंसिर १० गते गृह जिल्ला ताप्लेजुङदेखि काठमाडौं फर्कने क्रममा भट्टराई सवार गाडीमा तोडफोड भएको थियो । तोडफोड अभियोगमा पाथीभरा याङवरक गाउँपालिका–१, तिरिङगेका आनन्द कङलिवा र विपिन कङलिवा पक्राउ परेका छन् । उनीहरूको रिहाइको माग गर्दै मंगलबार मेची राजमार्ग बन्द गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार