आत्मानन्द कप : तिजोक युवाक्लब पाँचथर उपाधि नजिक (भिडियो सहित)

इलाम : तिजोक युवाक्लब पाँचथर इलामको माङसेबुङमा जारी १६ औं संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

बुधबार प्रस्तावित आत्मानन्द रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा विदेशी टिम मानेभञ्ज्याङ पोर्टिङ क्लब दार्जिलिङ भारत विरुद्ध ३-० गोलको सहज जितमा फाइनल प्रवेश गरेसँगै तिजोक उपाधि नजिक पुगेको हो ।

खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमले गेको थियो ।

तिजोक युवक्लबको जितमा विनोद धमला, निर्देश राई र योगेन कार्कीले एक/एक गोलको योगदान गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको तिजोक युवक्लबले दोस्रो हाफमा आक्रामक खेलेको थियो । दोस्रो हाफको १७ औं मिनेटमा तिजोक युवाक्लबका विनोद धमलाले गोलको खाता खोले । २८ औं मिनेटमा निर्देश राईले गोल गर्दै अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा योगेन कार्कीले गोल गर्दै ३-० को सहज जितमा योगदान गरे ।

उता विपक्षीको निरन्तर दवावमा परेको पाहुना टिम मानेभञ्ज्याङलाई भने रक्षात्मक खेल्न समेत नसकेपछि उपाधि चुम्ने सपना अधुरो छोड्दै स्वदेश फर्कन बाध्य बन्यो ।

तिजोक युवाक्लबले अब उपाधिका लागि आइतबार हुने फाइनल खेलमा माङसेबुङ गाउँपालिकाको सामना गर्नुपर्नेछ । तिजोक युवाक्लब गत संस्कणको उपविजेता टिम हो । गत संस्करणमा तिजोक युवाक्लब छथर गाउँपालिका तेह्रथुमसँग फाइनलमा पराजित भएको थियो ।

बेस्ट प्लेयर अफ दी म्याच विजेता टिम तिजो युवा क्लकका बिनोद धमला घोषित हुँदै नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोच समेतले नगद पुरस्कार पाउनेछन् ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता थियो ।

तिजोक युवाक्लब पाँचथर र मानेभञ्ज्याङ स्पोर्टिङ क्लब दार्जिलिङ भारतबीचको खेलको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार