झापामा चोरीको बिगबिगी, मोटरसाइकल सहित एक जना चोरी गर्ने मानिस पक्राउ

  नयाँ बुलन्द
280 Shares

झापाः  झापामा  मोटरसाइकल चोरी गर्नेहरुको बिगबिगी भएको छ । हरेक दिन मोटरसाइकल हराए भन्दै अधिकांश मानिसहरु चोरीको चपेटामा परेको गुनासो गरेका छन् । चोरीमा संलग्नले नगद पैसा,ल्यापटप,गरगहना ,मोबाइललगायत जे भेटियो त्यही चोर्न थालेपछि स्थानीयहरु संकटमा परेका छन् । मंगलबार अर्जुनधारा नगरपालिका-८ शनिश्चरेबाट चोरीको मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का २१ बर्षीय महमद अफरोज मिया रहेका छन् ।  पाँचथरको हिलिहाङ गाउँपालिका २ घर भई हाल बिर्तामोड नगरपालिका-१ मा बस्दै आएका प्रेम कुमार श्रेष्ठको मे. १० प ६१२६ नम्बरको मोटरसाइकल पार्किङ गरी राखेको अवस्थामा पार्किङ स्थलबाटै चोरी भएको सूचना पाएसंगै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोलीले पक्राउ गरेको हो । उक्त मोटरसाइकल अर्जुनधारा  ८ मा फेला पारी मोटरसाइकल चोरीमा संलग्न मियालाई पक्राउ गरेको हो । चोरीको मोटरसाइकल सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

गत महिना कार्तिक २८ गते विर्तामोड  ५ नम्बर वडास्थित गणपति बेकरी छेउबाट  नयाँ मोटरसाइकल हराएको छ । पुस्कर बोहोरा धनी रहेको करीब छ हजार किमि कुदेको १६० सीसीको पल्सर मोटरसाइकल हराएको  छ । बोहोराको नाममा दर्ता रहेको प्र. १-०१-०१६ प ७१०१ नम्बरको मोटरसाइकल हराएको हुँदा कसैले देख्नु भएमा मोवाइल नम्बर ९८१७९४८०८३,९८१३७५७२०६ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय अनारनीमा शंकास्पद व्यक्तिलाई उजुरी दिएको र थप अनुसन्धान भइरहेको  जनाइएको छ । मोटरसाइकल च्यासिस नम्बर MD2B54DX9PCB96342 र इन्जिन नम्बर PDX CPB74701 ब्रुकुलुन ब्ल्याक रंगको २०२३ मोडल पल्सर हराएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार