इलाम बजारको हाउजी खेलमा ४८ लाख बढिको कारोबार

  नयाँ बुलन्द
497 Shares

इलाम : इलाम बजारमा खेलाईएको हाउजी खेलमा ४८ लाख बढिको कारोबार भएको बताईएको छ ।  गत असोज २८ देखि मंसिर ८ सम्म सदरमुकाममा खेलाइएको उक्त खेलमा भएको कारोबारको विवरण मंगलबार सदरमुकाममा पत्रकार सम्मेलन गरि आयोजकले सार्बजनिक गरेको हो ।

४१ दिन खेलाइएको हाउसी बिंगोमा ४८ लाख ६७ हजार तीन सय ५५ रुपैयाँको कारोबार भएको आयोजकले सार्बजनिक गरेको विवरणमा उल्लेख गरेको छ ।

यस्तै पुरस्कारमा २८ लाख ५७ हजार दुई सय रुपैयाँ खर्च भएको बताईएको छ भने  २० लाख १० हजार एक सय ५५ रुपैयाँमध्ये पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ खेलका लागि खर्च  भएको जनाईएको छ । बाकी  १४ लाख ७९ हजार नौ सय २६ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ । तर यता इलामका नागरिकले भने यस पटको हाउजी खेलमा हिसाबकिताब पारदर्शी नभएको भन्दै सामाजिक संजाल मार्फत आवाज उठाईरहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार