गजुरमुखी मेला गोल्डकपको उपाधि जितपुरलाई

  नयाँ बुलन्द
6.3k Shares

गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा संचालित प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ को उपाधिको देउमाई नगरपालिका-९ जितपुरले जितेको छ । सोमबार भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिकालाई ३-० गोलको सहज जित निकाल्दै जितपुरले उपाधि जितेको हो ।

जितपुरको जितमा सुकराज राईले दुई र विशाल लामाले एक गोल गरेका थिए  ।

जितसँगै विजेता जितपुरले नगद १ लाख र ट्रफि हात पार्‍यो । उपविजेता बनेको माङसेबुङले नगद ५० हजार नगद र ट्रफि पायो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी विजेता जितपुरका विशाल लामा  र उत्कृष्ट गोलकिपर विजेतो जितपुरकै पवन राई घोषित हुँदै नगद दुई/दुई हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता उपविजेता माङसेबुङका कृष्ण लिम्बू घोषित हुँदै नगद दुई हजार प्राप्त गरे ।

गोल्डकपका विजेता र उपविजेताहरुलाई प्रतिनिधिसभा सदस्य महेश बस्नेत, पूर्व संविधानसभा सदस्य नगेन्द्र कुमाल, फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, माङसेबुङ गाउँपालिका पूर्व अध्यक्ष डिकेन्द्र इदिङ्गोलगायतले पुरस्कार वितरण गरेका थिए ।

गजुरमुखी पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्बाङको अध्यक्षतामा भएको समापन समारोहको संचालन अतित योङहाङले गरेका थिए ।

कात्तिक शुक्ल पूर्णिमा मेलाको अवसरमा गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजना ६ मंसिरदेखि संचालित गोल्डकपमा १६ फुटबल टिमको सहभागिता थियो ।

मेलाको अवसरमा सोमबार साँझ साँस्कृतिक कार्यक्रम संचालन हुनेछ ।

कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन-४ की फाइनलिस्ट सबिना योङहाङ, सिजन-५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बूलगायत कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार