गजुरमुखी मेला गोल्डकप : उपाधिका लागि माङसेबुङ र देउमाई प्रतिष्पर्धा गर्दै

  नयाँ बुलन्द
448 Shares

गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा जारी प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ को उपाधिका लागि माङसेबुङ गाउँपालिका र देउमाई-९ जितपुर प्रतिष्पर्धा गर्दैछन् ।

सोमबार दिउँसो हुने फाइनलमा माङसेबुङ र देउमाई आमनेसामने हुँदैछन् ।

हिजो (सोमबार) भएको पहिलो सेमिफाइनल खेलमा मिक्लाजुङ रविलाई १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङ उपाधिनजित पुगेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा महमाई एफसीविरुद्ध १-० गोलको संघर्षपूर्ण जित निकाल्दै देउमाई अन्तिम दुईमा उक्लिएको थियो ।

गोल्डकपका विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् ।

कात्तिक शुक्ल पूर्णिमा मेलाको अवसरमा गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजना ६ कात्तिकदेखि संचालित गोल्डकपमा १६ फुटबल टिमको सहभागिता थियो ।

मेलाको अवसरमा साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।

कार्यक्रममा द भ्याइस अफ नेपाल सिजन-४ की फाइनलिस्ट सबिना योङहाङ, सिजन-५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बूलगायत कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार