
इलाम : अरिङ्गालको टोकाईबाट शुक्रबार इलाममा एक जनाको मृत्यु भएको छ ।
अरिङ्गालको टोकाईबाट देउमाई नगरपालिका-९ मादेबुङका ४५ वर्षीय खम्बसिंह पिठाकोटे मगरको मृत्यू भएको हो ।
मगरलाई घर नजिकै बारीको छेउमा रहेको चिलाउनेको रूखमा रहेको अरिङ्गालले बिहीबार शरीरभरी टोकेर घाईते बनाएको थियो । घाइते मगरलाई उपचारको लागि राती नै झापाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।






















































