उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीनको मृत्यु, ३९ जना घाइते

  नयाँ बुलन्द
154 Shares

उदयपुर : उदयपुरमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी बोकेको बस शनिबार दुर्घटनामा परेको हो ।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका- ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना हुँदा चालक भिखन चौधरी, विकाश चौधरी र सम्या चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिन्नद चौधरीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार