गजुरमुखी मेला गोल्डकप : रवि र महमाई विजयी

  नयाँ बुलन्द
525 Shares

गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा जारी प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ मा रवि पाँचथर र महमाई एफसी विजयी भएका छन् ।

शुक्रबार भएको पहिलो खेलमा फुङ्मा स्पोर्टीङ एफसीलाई टाइब्रेकरमा पराजित गर्दै रवि क्वाटरफाइनल प्रवेश गर्‍यो । दोस्रो खेलमा कोलबोटे एफसीलाई टाइब्रेकरमा पराजित गर्दै महमाई एफसी विजयी भयो ।

शनिबार क्वाटरफाइनलका चारै खेल संचालन हुनेछन्  । पहिलो खेलमा पावा एफसी र माङसेबुङ गाउँपालिका प्रतिष्पर्धा गर्दैछन् ।

दोस्रो खेलमा देउमाई-९ र आयोजक, तेस्रो खेलमा आमचोक एफसी र रवि एफसी तथा चौथो खेलमा आङदाङ एफसी र महमाई एफसी प्रतिष्पर्धा गर्दैछन् ।

कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गजुरमुखी पर्यटन विकास केन्द्रले आयोजना गरेको गोल्डकपमा १६ फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् ।

गजुरमुखी धाममा कार्तिक शुक्ल पूर्णिमाको अवसरमा ३ दिन धार्मिक मेला लाग्ने गरेको छ । आउँदो आइतबारदेखि लाग्ने मेलाको अवसरमा फुटबल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार