आत्मानन्द कप: आज पाँचथर र धनकुटा भिड्दै

  नयाँ बुलन्द
511 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकामा जारी १६ औं आत्मानन्द कप फुटबल प्रतियोगितामा आज (शनिबार) तिजोक युवाक्लब पाँचथर र धनकुटा जिल्ला फुटबल संघबीच प्रतिष्पर्धा हुँदैछ ।

माङसेबुङ गाउँपालिका-५ प्रस्तावित आत्मानन्द रंगशालामा दिउँसो साढे २ बजे हुने खेलमा पाँचथर र धनकुटा आमनेसामने हुँदैछन् । खेलको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमबाट हुनेछ ।

यसअघि शुक्रबार भएको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका विजयी हुँदै सेमीफाइनल प्रवेश गरेको छ । पहुना टिम बिवाईसीलाई १-० गोल अन्तरले पराजित गर्दै माङसेबुङले अन्तिम चारको यात्रा तय गरेको थियो । खेलको १५ औं मिनेटमा माङसेबुङका ओसन राईले गरेको एकमात्र गोल नै जितका लागि निर्णायक बन्यो ।

खेलको म्यान अफ दी म्याच विजेता टिम माङसेबुङ गाउँपालिकाका ओसन राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँ प्राप्त गरे ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आयोजि प्रतियोगितामा  नेपाल, भारत र भुटानका ८ चर्चित फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताका विजेताले नगद ३ लाख ११ हजार १ सय ७० रुपैयाँ र उपविजेता टिमले नगद २ लाख ५ हजार १ सय ७० रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।  त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने छ ।

जन्मोत्सवको अवसरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत संचालन हुनेछ । पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।

आत्मपवित्र खेलकुद समितिले किरात धर्मगुरु लिङदेनको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा प्रतियोगिता संचालन गर्दै आएको छ ।

माङसेबुङ गाउँपालिका र भुटानबीचको खेल हेर्न यहाँ क्लिक गर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार