कृषकलाई अनुदानमा सामग्री उपलब्ध गराउँदै माङसेबुङ

  नयाँ बुलन्द
203 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले आफ्ना किसानहरुलाई अनुदानमा कृषि सामग्री उपल्बध गराउने भएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०।०८१ को कृषि विकास कार्यक्रम अन्तरगत व्यावसायिक कृषक, कृषि फर्म र कृषि सहकारी संस्थाहरुलाई ५० देखि ८० प्रतिशतसम्म अनुदानमा कृषि सामग्री उपलब्ध गराउन लागेको हो ।

त्यसका लागि गाउँपालिकाले बिहीबार एक सूचना प्रकाशन गरी १५ दिनभित्र आवेदन गर्न आह्वान गरेको छ ।

माङसेबुङले प्लास्टिक टनेल ४० थान, प्लास्टिक मल्चिङ ३० थान, कृषि यान्त्रीकरण ६ थान र युवा लक्षित कार्यक्रम ९ वटाका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउनेछ । ५० प्रतिशत सम्बन्धित कृषक, कृषि फर्म र कृषि सहकारी संस्थाले लागत साझेदारी गर्नुपर्नेछ ।

त्यसैगरी परम्परागत कन्दमुल खेती प्रवर्धन कार्यक्रमका लागि ८० प्रतिशत अनुदान उपलब्ध गराउनेछ । २० प्रतिशत सम्बन्धित कृषक, कृषि फर्म र कृषि सहकारी संस्थाले लागत साझेदारी गर्नुपर्ने सूचनामा उल्लेख छ ।

माङसेबुङले कृषि विकास कार्यक्रमका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार