दुर्गा प्रसार्ईंले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने

सिंहदरबार र संसद भवन कब्जा गर्ने चेतावनी

  नयाँ बुलन्द
28 Shares

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आव्हानमा विहीबार काठमाडौंको बल्खुमा भएको प्रदर्शन भोली शुक्रवारबाट तीनकुनेमा हुने भएको छ।

विहीबार दिउँसो बल्खुमा प्रदर्शनकारीलाई संवोधन गर्दै सिंहदरबार र संसद भवन कब्जा गर्ने दाबी चेतावनी दिएका प्रसाईंले शुक्रवारबाट युवा विद्यार्थीलाई तीनकुनेमा हुने प्रदर्शनमा सहभागी हुन आव्हान गरे।

प्रसाईं नेतृत्वको प्रदर्शनकारीको नेकपा एमालेको जनवर्गिय संगठन युवा संघका कार्यकर्ता र प्रहरीसँग पटक पटक झडप भएको थियो। त्यस क्रममा केही सवारी साधन तोडफोड गर्नुका साथै केही व्यक्ति र प्रहरी समेत घाईते भएका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालको ब्यानरमा भएको प्रदर्शनकै बीचमा विहीबार दिउँसो प्रसाईंले प्रदर्शनकारीलाई उत्तेजित बनाउँदै वर्तमान व्यवस्थाका बिरुद्ध अभिव्यक्ति दिँदै नेपालमा विद्रोहको विरुवा रोपिएको र नेताहरूलाई जहाँ भेट्यो त्यही ठेगान लगाउने अभिव्यक्ति समेत दिए।

उनले सिंहदरबार र संसद् भवनका साथै पुरै काठमाडौँ कब्जा गर्ने चेतावनी समेत दिएका थिए । प्रसाईँले देश नै ठप्प बनाउने भन्दै आजदेखि गणतन्त्र सकिएको र जनताको तन्त्र आउने
दाबी गरे ।

उनले देशमा बस्ने वातावरण नभएको भन्दै दसैँको अष्टमीको दिन पनि नेपालीहरू विदेशमा श्रम गर्न जान बाध्य भएको यथार्थ प्रस्तुत गरे । उनले भने , ‘हामीले रुँदै झोला बोकेर दसैको अष्टमीको दिन देश छोड्नु परेको छ । म यसको अन्त्य गर्न चाहन्छु । म त्यसै बोलेको होइन, मभित्र ठुलो पीडा छ ।’

उनले संघीयता नचाहिने भन्दै आफूहरूले सुरु गरेको आन्दोलन जनव्रिदोह भएको दाबी गरे । नेपाली नेताहरूको दुबई, सिंगापुर, कम्बोडिया, मंगोलिया, अमेरिका,लण्डनलगायतका देशमा लगानी रहेको दाबी गर्दै भने, ‘हाम्रो देश त्यसै टाट पल्टेको होइन । म प्रचण्डलाई राम्ररी चिन्दछु । तपाईँ सरेन्डर गर्नुस्, जनताकहाँ आउनुस् ।’

उनले एमालेले युवा संघलाई प्रयोग गरेर आन्दोलनमा आएकाहरूलाई मध्यरातमा बलात्कारको प्रयास गरेको गम्भीर आरोप पनि लगाए। ‘यही काण्ड राधिका शाक्यलाई परेको भए के गर्नुहुन्थ्यो हजुरबुबा ?’ भन्दै उनले प्रश्न समेत गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार