गजुरमुखी मेला गोल्डकप : आयोजक, आमचोक र आङदाङ अघिल्लो चरणमा

  नयाँ बुलन्द
546 Shares

गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा जारी प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ मा आयोजक गजुरमुखी पर्यटन विकास समिति, आमचोक एफसी, आङदानङ एफसी विजयी भएका छन् ।

विहीबार निर्धारित तीन खेलमध्ये एक खेल सम्पन्न भयो । दुई खेलका लागि प्रतिष्पर्धी टिम उपस्थित भएपछि दुई टिमले वाकओभर पाएको थियो ।

आयोजक गजुरमुखी पर्यटन विकास समिति, आमचोक एफसीले प्रतिष्पर्धी टिम उपस्थित नभएपछि वाकओचर पाएको गजुरमुखी पर्यटन विकास समितिका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।

आङदाङ एफसी र जनसाहित्य एफसीबीच भएको खेलमा भने आङदाङ एफसी विजयी भएको छ ।

शुक्रबार पनि तीन खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा फुङ्मा स्पोर्टिङ एफसी र दानबारी एफसी, दोस्रो खेलमा महमाई र कोलबोटे एफसी प्रतिष्पर्धा गर्दैछन् ।

त्यसैगरी शुक्रबार नै हुने पहिलो क्वाटरफाइनलमा पावा एफसी र माङसेबुङ गाउँपालिका प्रतिष्पर्धा गर्दैछन् ।

कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गजुरमुखी पर्यटन विकास समितिले आयोजना गरेको गोल्डकपमा १६ फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् ।

गजुरमुखी धाममा कार्तिक शुक्ल पूर्णिमाको अवसरमा ३ दिन धार्मिक मेला लाग्ने गरेको छ । आउँदो १० देखि १२ मंसिरसम्म लाग्ने मेलाको अवसरमा फुटबल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार