गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा आज (बुधबार) देखि प्रथम ‘गजुरमुखी मेला गोल्डकप’ सुरु हुँदैछ ।
कात्तिक शुक्ल पूर्णिमाको अवसरमा गजुरमुखी पर्यटन विकास समितिले आयोजना गरेको गोल्डकपको उद्धघाटन खेलमा पावा एफसी र एकतप्पा एफसीबीच प्रतिष्पर्धा हुँदैछ ।
बुधबार नै दोस्रो खेलमा माङसेबुङ-१ र देउमाई-९ तथा तेस्रो खेलमा माङसेबुङ गाउँपालिका र बीवाईसी धुसेनी आमनेसामने हुँदैछन् ।
गजुरमुखी धाम खेलमैदानमा संचालन हुने प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका र माई नगरपालिकाका १६ फुटबल टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउने आयोजक गजुरमुखी पर्यटन विकास समितिका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।
छन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् ।
गजुरमुखी धाममा कार्तिक शुक्ल पूर्णिमाको अवसरमा ३ दिन धार्मिक मेला लाग्ने गरेको छ । आउँदो १० देखि १२ मंसिरसम्म लाग्ने मेलाको अवसरमा फुटबल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।
हेर्नुहोस् खेल तालिका :