गजुरमुखी मेला गोल्डकपको उद्घाटन खेलमा पावा र एकतप्पा भिड्दै

गजुरमुखी : इलामको माङसेबुङ गाउँपालिका-१ स्थित गजुरमुखी धाममा संचालन हुने प्रथम गजुरमुखी मेला गोल्डकपको तयारी पूरा भएको छ ।

कात्तिक शुक्ल पूर्णिमामा लाग्ने गजुमुखी (कात्तिके) मेलाको अवसरमा गजुरमुखी पर्यटन विकास समितिको आयोजनामा ६ देखि ११ मंसिरसम्म संचालन हुने गोल्डकपको तालिका सार्वजनिक भएको छ ।

आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार बुधबार हुने उद्धघाटन खेलमा पावा एफसी र एकतप्पा एफसीबीच प्रतिष्पर्धा हुनेछ ।

बुधबार नै दोस्रो खेलमा माङसेबुङ-१ र देउमाई-९ तथा तेस्रो खेलमा माङसेबुङ गाउँपालिका र बीवाईसी धुसेनी आमनेसामने हुँदैछन् ।

गजुरमुखी धाम खेलमैदानमा संचालन हुने प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिका,  फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका र माई नगरपालिकाका १६ फुटबल टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफि पाउने आयोजक गजुरमुखी पर्यटन विकास समितिका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।

छन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगद ५/५ हजार प्राप्त गर्नेछन् ।

गजुरमुखी धाममा कार्तिक शुक्ल पूर्णिमाको अवसरमा ३ दिन धार्मिक मेला लाग्ने गरेको छ । आउँदो १० देखि १२ मंसिरसम्म लाग्ने मेलाको अवसरमा फुटबल प्रतियोगिताका साथै साँस्कृतिक कार्यक्रम समेत संचालन हुनेछ ।

हेर्नुहोस् खेल तालिका :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार