कांग्रेस इलाम सभापति डम्बर खड्काद्वारा माईपोखरी त्रि-धार्मिक पर्यटन उत्सवमा ५१ हजार नगद सहयोग

  नयाँ बुलन्द
371 Shares

माईपोखरी : नेपाली कांग्रेसका इलाम सभापति एबम अग्रज समाजसेवी डम्बर बहादुर खड्काले इलामको माईपोखरीमा जारी त्रिधार्मिक महोत्सवमा ५१ हजार नगद सहयोग गरेका छन ।

सन्दकपुरको पर्यटन प्रबर्द्धन गर्ने उदेश्य अनुरुप जारी त्रिधार्मिक एतिहासिक महोत्सव सफल बनाउनका लागि खड्काले आर्थिक सहयोग प्रदान गरेका हुन ।

गत मसिर १  गतेदेखि शुरु भएको महोत्सवमा मगलबार  माईपोखरी नै पुगेर उनले सो रकम प्रदान गरेका हुन । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका खड्काले सदाचार , शिलाचार र ध्यान हाम्रो धर्मका मुल मन्त्र हुन भन्दै महोत्सवको सफलताको शुभकामना दिए ।

इलाम जिल्लाका अग्रज समाजसेवीको रुपमा परिचय बनाएका खड्कालाई एतिहासिक महोत्सवमा भब्य स्वागत समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार