एकै घरका दाजुभाइ मृत भेटिए

  नयाँ बुलन्द
364 Shares

दाङ : दाङको तुलसीपुर-६ गाइडहरमा एकैघरका दुई दाजुभाइ मृत फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भई तुलसीपुर – ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।

मृतकमध्ये कान्छा भाइ टेकबहादुरकी श्रीमतीले आँफू रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट दाजु भाइले बिषादी सेवन गरी आत्महत्या गरेको प्रहरीको आशंका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार