सवारी दुर्घटनामा चार जनाको मृत्यु

  नयाँ बुलन्द
280 Shares

काठमाडौं : रूपन्देही, तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोल चोकमा सडकमा ना.६ ख ८१६१ नम्बरको ट्रकले लु.४९ प २२३० नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोल बस्ने ५० वर्षीय मादबलाल देबकोटा र मोटरसाइकलमा सवार सोही नगरपालिका–२ जानकीनगर बस्ने ४० वर्षीया यादा क्षेत्री रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, रुकुम पश्चिम, चौरजहारी नगरपालिका–८ गोहिरी ज्युलामा लु.१ ज २२९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा चौरजहारी नगरपालिका–१३ बस्ने ४५ वर्षीय मस्तबहादुर वलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २० जनामध्ये १४ जनाको मिसन अस्पताल चौरजहरीमा उपचार भइरहेको २ जनालाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ भन्ने अन्य २ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

स्याङजा, पुतलीबजार नगरपालिका–१४ भिरबारीस्थित सडकमा ग.१ त ४९८७ नम्बरको ट्याक्टर बाटोबाट पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा चालक दाङ दंगीशरण गाउँपालिका–४ बस्ने २८ वर्षीय रामहरी चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्दार कार्यको साथै आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार