देउमाई : इलामको देउमाई नगरपालिकामा प्रथम देउमाई नगर वडा स्तरीय पुरुष फुटवल प्रतियोगिता हुने भएको छ ।
नेपाल तरुणदल देउमाईको आयोजनामा आउँदो ९ देखि १६ मंसिरसम्म प्रतियोगिता संचालन हुने सोमबार पत्रकार भेटघाट गरी आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार १ सय ५१ र उपविजेता टिमले नगद ३१ हजार १ सय ३१ सहित ट्रफि पाउनेछन् ।
त्यस्तै उदयीमान खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवसथा गरिएको आयोजकले जनाएको छ ।
भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा प्रतियोगितामा सञ्चालन हुनेछ । खेलमा सहभागी बन्न सम्बन्धित वडाको खेलाडी हुनुपर्ने आयोजकले जानकारी दिएको छ ।
‘हाम्रो गोल, लागू औषध दुब्र्यसनी विरुद्धको गोल’ भन्ने नारासाथ प्रतियोगिता हुने भएको हो । युवाहरुलाई लागुऔषधबाट मुक्त गराउँदै खेलकुदमा लगाउन समेत प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक नेपाल तरुण दलका अध्यक्ष बिमल खम्बूले बताए ।