काठमाडौं : सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा जिप दुर्घटना भएको छ ।
खोलागाउँदेखि सदरमुकाम मुसिकोटतर्फ जाँदै गरेको उक्त जिप दुर्घटनामा परेको हो । जिपमा कति यात्र्ु सवार थिए भन्ने अझै यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी र चौरजहारी नगर प्रहरीको टोलीले नगरपालिकाको एम्बुलेन्स लगायतका सवारी साधनमा घाइतेहरुलाई चौरजहारी अस्पतालमा ल्याएका छन्