इलाम बस दुर्घटना अपडेट : एक बच्चाको मृत्यु, ३७ यात्रु घाईते

  नयाँ बुलन्द
406 Shares

इलाम : इलामको रोङ गाउँपालिकाको अर्याल चोक नजिकै बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाईते भएका छन् । दुर्घटनामा करिव १० बर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाका अनुसार धनुषाको धारापानीबाट शौक्षिक भ्रमण गरी कन्यामबाट फर्किने क्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट ३०० मिटर तल खस्दा बसमा सवार ३७ जना घाईते भएका हुँन ।
प्रहरीले घाईतेको उद्दार गरेको छ ।

घाईतेलाई उपचारका लागि झापा लगिएको छ । केहीलाई लैजान बाँकी रहेको छ । दुर्घटनामा मृत्यु हुँने र घाईतेको पहिचान खुल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार