इलामको किटेनीमा ४० यात्रु सवार बस दुर्घटना

  नयाँ बुलन्द
973 Shares

 

विराटनगर । इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा ४० जना यात्रु सवार बस दुर्घटना भएको छ ।  सो दुर्घटनामा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको बताए ।

‘प्रहरीको टोली त्यहाँ पुगेको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो,’ उनले भने, ‘९–१० वर्ष जतिको एक जना बालक रुखमा ठोक्किएको अवस्थामा देखिन्छ । उनको लगभग मृत्यु भएको जस्तो देखिन्छ । बाँकी २७ जनाको उद्धार भइसकेको छ । कति जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन ।’

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार