इलाम : माेरङकाे उर्लाबारी-५ मा सिटी रिक्सा र माेटरसाइकल एकआपासमा ठोक्किदाँ मोटरसाइकल चालक मौसम भण्डारीको ज्ायन गएको छ ।
शुक्रबार साँझ ६:५० मा उर्लाबारी नगरपालिका- ५ तरूण चोकस्थित भित्री सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ह ८७३७ नम्बरको सिटी सफारी र बिपरीत दिशाबाट आउँदै गरेको प्र. १-०२-०५० प ३१२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।
ठक्करबाट उर्लाबारी नगरपालिका- ५ का ३० का माेटरसाइकल चालक भण्डारीकाे ज्यान गएको उर्लाबारी प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई प्रहरीले उपचारकाे लागि उर्लाबारीस्थित अरनीको अस्तपताल पुर्याएकाे थियाे । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगरस्थित नाेबेल अस्पताल लगिएकाे थियाे ।
नोबेलमा पुर्याएपछि चिकित्सकले भण्डारीलाई मृत घाेषणा गरेका थिए । भण्डारीकाे टाउको र खुट्टामा गम्भीर चोट लागेकाे थियाे ।