माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित सिङलाबुमा सञ्चालित खुला फुटसल प्रतियोगिताको उपाधि केराबारी एफसी माङसेबुङ-३ ले हात पारेको छ ।
शनिबार भएको फाइनलमा चिबुवा एफसी माङसेबुङ-३ लाई टाइब्रेकरमा २-१ गोल अन्तरले पराजित गर्दै केराबारीले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमबाट १-१ गोलको बराबरी भएपछि टाइब्रेकरका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।
जितसँगै केराबारीले नगद ३० हजारसहित ट्रफि हात पारेको छ । उता उपविजेता चिबुवाले भने नगद २० हजार र ट्रफिमा चित्त बुझाउन बाध्य बन्यो ।
स्थानीय सौगात युवा क्लबले गत २२ कात्तिकदेखि संचालन गरेको प्रतियोगितामा ३६ टिमको सहभागिता थियो ।