
त्रिधार्मिक पर्यटन उत्सवको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरे । किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटनमा सयौँ भक्तजन र पर्यटकको उपस्थितमा माईपोखरीको परिक्रममा गरिएको थियो ।
इलाम सदरमुकामबाट १८ किलोमिटर दूरीमा रहेको माईपोखरी धार्मिक र पर्यटकीय क्षेत्रमा महोत्सवका लागि पर्यटकहरु आउने क्रम पनि शुरु भएको छ ।
धार्मिक पर्यटन उत्सवमा ९ दिन नै बसेर पोखरीमा ध्यान गर्ने, पुजा गर्ने भक्तजनहरु र धर्मगुरुहरु आउने क्रम बढेको छ ।
पर्यटन प्रवद्र्धन र माईपोखरीको महत्व विश्वभर फैलाउने उदेश्यले आयोजना भएकाले नेपाल, भारत र भुटान सम्मका १० लाख बढी पर्यटक भक्तजत भित्रयाउने लक्ष्य रहेको आयोजक समितिको रहेको छ ।
माईपोखरीमा जैविक, धार्मिक, सास्कृतिक, लोपउन्मुख वन्यजन्तु, चराचुरुङ्गी, जडिबुटी, लोपउन्मुख गलैचे झ्याउ, सरीश्रपहरुको अध्ययन गर्न सकिन्छ ।