झापाः विर्तामोड ५ नम्बर वडास्थित गणपति बेकरी छेउबाट गएराती नयाँ मोटरसाइकल हराएको छ । पुस्कर बोहोरा धनी रहेको १६० सीसीको पल्सर मोटरसाइकल हराएको हो ।
बोहोराको नाममा दर्ता रहेको प्र. १-०१-०१६ प ७१०१ नम्बरको करीब छ हजार किलोमिटर कुदेको मोटरसाइकल हराएकाले कसैले भेट्टाएमा मोवाइल नम्बर ९८१७९४८०८३,९८१३७५७२०६ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन आग्रह गरिएको छ ।
मोटरसाइकल च्यासिस नम्बर MD2B54DX9PCB96342 र इन्जिन नम्बर PDX CPB74701 ब्रुकुलुन ब्ल्याक रंगको पल्सर १६० सिसि २०२३ मोडेलको मोटरसाइकल हराएपछि मंगलबार बिहान पीडितले खोजी गर्न गुहार माग्दै इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोड,झापामा निवेदन दिएको जानकारी दिए ।
उक्त मोटरसाइकल विर्तामोड नगरपालिका सुगम पेट्रोल पम्पदेखि उत्तरमा रहेको गणपति बेकरीको पश्चिममा भर्खरै निर्माण सम्पन्न भएको घरको कम्पाउण्ड भित्र पार्किङमा राखेको ठाउँबाट ताला फोरेर चोरी गरेको पीडितले बताए । कार्तिक २८ गते मंगलबार बिहानी पखको समयमा बाइक हराएको जनाइएको छ ।