दिपावली विशेष खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि विकल्पलाई

इलाम : इलामको देउमाई नगरपालिका-२ स्थित साब्जुङमा आयोजित दिपावली विशेष खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि विकल्प एफसीले हात पारेको छ ।

सोमबार भएको फाइनल खेलमा मिर्मिरे फएसीलाई २-० गोल अन्तरले पराजित गर्दै विकल्पले उपाधि चुमेको हो  ।

जितसँगै विजेता विकल्पले नगद ५० हजार र ट्रफि हात पार्‍यो । उता उपविजेता मिर्मिरेले नगद ३० हजार  र ट्रफिमा चित्त बुझाउन बाध्य भयो ।

स्थानीय साब्जुङ खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा २६ टिमको सहभागिता थियो ।

प्रतियोगिताको प्रायोजन नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालले गरेको थियो ।

आयोजक साब्जुङ खेलकुद विकास समितिका अध्यक्ष सुमन राईको अध्यक्षता र देउमाई नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नरबहादुर मगर (निसान) को प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश सचिवालय सदस्य राम राई, देउमाई नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष चन्द्र मगर, माओवादी केन्द्र प्रदेस सदस्य अनिल बराईली, देउमाई नगर अध्यक्ष अशोक प्रधान,  इलाम जिल्ला फुट्बल संघ महासचिप बिमल खम्बू, वाइसीएल प्रदेश सदस्य तथा देउमाई इन्चाज डिवन राई, माओबादी केन्द्र देउमाई वडा नं. २ का अध्यक्ष देउकुमार राईलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार