आज महागुरु फाल्गुनन्द जयन्ती, विविध कार्यक्रमसाथ मनाइँदै

इलाम : आज किरात धर्मावलम्बीका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

वि.स. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गरेका थिए । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किरात समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको निधन वि.स. २००५ मा भएको हो । किराँत समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उनको योगदानको कदर गर्दै किराती समुदायको बसोवास रहेका लिम्बुवानका जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभालगायत त्पत्यकाको काठमाडौं, भक्तपुर, ललितपुर र किरात धर्मावलम्बीको बसोबास रहेका  कास्की, उदयपुर, खोटाङ, भोजपुरलगायतमा  समेत जन्मजयन्ती मनाउने गरिएको छ ।

केन्द्रीय काेयक्रम अन्तगत शनिबार झापाको शिवसताक्षी नगरपालिका-९ स्थित ऐतिहासिक धार्मिकस्थल चिल्लागढमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको उस्थितिमा फाल्गुनन्दको जन्मजयन्ती मनाइदैंछ ।

नेपाल सरकारका वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोको प्रमुख आतिथ्यमा जन्मजयन्धी मनाईने आयोजक समितिका सहसंयोजक तथा प्रचारप्रसार विभाग संयोजक डिल्लीहाङ इङनामले जानकारी दिए ।

जन्मजयन्तीका अवसरमा त्यहाँ निर्मित किरातेश्वर हाङसाम माङहिम उद्घाटन एवं फाल्गुनन्दको पुर्ण कदको सालिक अनावरण कार्यक्रम तय भएको छ ।

त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-५ डाँडागाउँमा धर्मगुरु लिङदेनकै उपस्थितीमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित फाल्गुनन्द छात्रावास पनि लोकार्पण हुँदैछ ।

यता इलामको माङसेबुङस्थित निजी गुरु आश्रममा पनि १ हजार १ सय ३९ तामा गाग्रोको कलससहित लारिङगेक नाम्लीङगेक खेल्दै फाल्गुनन्द जन्मजयन्ती मनाउने कार्यक्रम तय भएको छ ।

त्यस्तै इलामको फाकफोकथुम गाउँपालिका-७ एकतप्पास्थित रुपाटारमा पनि साँस्कृतिक कार्यक्रमका फाल्गुनन्दको जन्मजयन्ती मनाइदैछ ।

साँस्कृतिक कार्यक्रममा गोमा लिम्बू, दिनेश लिम्बूलगायत कलाकारहरुको साँगीतिक प्रस्तुती रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार