नगरपालिकाको आर्थिक विकासका लागि सरोकारवालाको सुझाव लिदैं सूर्योदय

इलाम : इलामको सूर्योदय नगरपालिकाले नगरपालिकाको आर्थिक विकासका लागि सरोकारवालाहरुसँग सुझाव संकलन गरेको छ । नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरी सुझाव लिएको हो ।

नगरपालिकाले बुधबार ‘सूर्योदय नगरपालिकाको आर्थिक विकास तथा लगानी आकर्षण एव् व्यावसायिक वातावरण निर्माणका लागि अन्तरक्रिया तथा छलफल’ कार्यक्रम गरी सरोकारावालाहरुबाट सुझाव लिएको हो ।

नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी नगरपालिकाले नगरका  विभिन्न व्यवसाय, पर्यटन, उद्योग सम्बन्धी अवसर र चुनौतीको विषयमा छलफल तथा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा सूर्योदय नगरपालिकाका वडा अध्यक्षहरु, पर्यटन व्यवसायी, कृषक, चिया उद्योगका प्रतिनिधी, दुग्ध व्यवसायी, उद्योग वाणिज्य संघका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधिहरु, शैक्षिक संस्थाका प्रतिनिधी, होमस्टे सञ्चालक लगायत सूर्योदय नगरपालिकामा सञ्चालनमा रहेको बैंकका प्रमुखहरूको उपस्थिति थियो ।

 कार्यक्रममा विषयगत रूपमा व्यवसायको चुनौती र अवसरका बारेमा आफ्नो धारण तथा सुभाव राखेका थिए । कार्यक्रमलाई नगरप्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल र प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सहजीकरण गरेका थिए  ।

कार्यक्रम सूर्योदय नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एंव वडा नं. ९ का वडा अध्यक्ष देवेन्द्र शर्माले संञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार