काठमाडौं : सरकारले धरान उपमहानगरपालिकामा विमानस्थल निर्माणका लागि अध्ययन समिति गठन गर्न निर्देशन दिएको छ ।
संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले धरानमा विमानस्थल निर्माणका लागि तत्काल अध्ययन समिती गठन गर्न नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई निर्देशन दिएका हुन् ।
दुई दशकअघि धरान १७ डाँडाघोपास्थित धरान विमानस्थल बनाउने भन्दै प्रक्रिया अघि बढाइएको थियो ।