इलाम : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे नकाउट फुटबल प्रतियोगितामा सन्दकपुर खेल संघ माबु र टारी फुटबल क्लब सुलुबुङ विजयी भएका छन् ।
बुधबार भएको पहिलो खेलमा छिन्तापु स्र्पोटिङ क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै माबु प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले १-१ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट विजेता निर्धारण गरिएको थियो ।
त्यसैगरी दोश्रो खेलमा माईजोगमाई गाउँपालिकालाई ३-१ गोल अन्तरले हराउँदै टारी समेत प्रिक्वाटरफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तरगत सेमीफाइनल प्रवेशका लागि विहिबार पहिलो खेलमा सन्दकपुर खेल संघले ड्राइभर एफसीसंग खेल्ने छ । दोश्रो खेलमा टारी एफसीले मोनलेण्ड एफसी केर्खा झापासंग खेल्नेछ
जमुना खेलकुद विकास समितिआयोजनमा संचालित प्रतियोगितामा २० टिमको सहभागिता थियो । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार एक सय र उपविजेताले नगद ७५ हजार पाँच सय रुपैयाँसहित ट्रफि पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमले नगद पुरस्कार उनेछन् ।
गजाधर धनमाया रंगशालामा संचालन जारी प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुनेछ ।
परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित कागे फुटबल प्रतियोगिता हुँदै आएको छ ।