गुरुङले लिए इलामबाट गैर आवासीय नेपाली नागरिकता

इलाम : इलाममा पहिलो पटक जिल्ला प्रशासन कार्यालय इलामले गैर आवसीय नेपाली नागरिकता प्रदान गरेको छ ।

इलाम नगरपालिका-६ मा जन्मिएर अमेरीकामा बस्दै आएका बिजेन्द्र गुरुङलाई जिल्ला प्रशासन कार्यालय इलामले गैर आवसीय नेपाली नागरिकता प्रदान गरेको हो ।

गुरुङलाई प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मंगलबार गैर आवसीय नेपाली नागरिकता प्रदान गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गुरुङ इलामबाट नागरिकता लिने पहिलो गैर आवासीय नेपाली बनेका छन् ।

स्थानीय तहको सिफारिस, नेपाली नागरिकता त्यागेको निवेदन, नेपाली नागरिकता त्यागेको निस्सा पेस गरेपछि गैर आवसीय नागरिकता पाउने कानुनी व्यवस्था छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नागरिकता सम्बन्धी संशोधन ऐन प्रमाणीकरण गरेपछि र भदौमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि गैर आवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार