चकमके सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा राई

इलाम : इलामको माङसेबुङ ३ स्थित चकमके सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सजन राई सर्वसम्मत चयन भएका छन् ।

माङसेबुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष लछुमन राई जनमको उपस्थितिमा लाक्तापा टोलमा भएको भेलाले राईलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रीताकुमारी राई, सचिवमा शुरेस राई, सह-सचिवमा मिमाहाङ राई र कोषाध्यक्षमा संगिता राई चयन भएका छन् ।

सदस्यहरुमा हरीकुमार राई, कमला राई, कबिता राई, कुशचन्द्र राई, अप्सरा राई र सुजन राई रहेका छन् ।

सल्लाहकार समितिमा प्रसाद राई संयोजक रहेका छन् भने सदस्यमा रत्नप्रसाद राई र पदम राई छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार