कागे नकाउट फुटबल : ढापपोखरी र इलाम विजयी

इलाम :  इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे नकाउट फुटबल प्रतियोगितामा ढापपोखरी एफसी र इलाम एफसी विजयी भएका छन् ।

मंगलबार भएको पहिलो खेलमा भेटनेरी एफसीलाई २-० गोल अन्तरले हराउँदै ढापपोखरीले अघिल्लो चरणमा स्थान बनाएको हो । ढापपोखरीको जितमा विवेक राई र आशिष राईले गोल गरे ।

दोश्रो खेलमा थ्री लिप्स एफसीलाई ४-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै इलाम एफसी विजयी बन्यो । इलामको जितमा साङ्गे शेर्पा र निकेश तामाङले २/२ गोल गरे गरे । थ्री लिप्सका रिकेश गुरुङले सान्तवना गोल फर्काए ।

प्रतियोगिता अन्तरगत बुधबार पहिलो खेलमा सन्दकपुर एफसी र छिन्तापु एफसी तथा दोश्रो खेलमा माईजोगमाई गाउँपालिका र टारी एफसी बिच प्रतिस्पर्धा हुनेछ ।

जमुना खेलकुद विकास समितिआयोजनमा संचालित प्रतियोगितामा २०  टिमको सहभागिता थियो । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार एक सय र उपविजेताले नगद ७५ हजार पाँच सय रुपैयाँसहित ट्रफि पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र अनुशासित टिमले नगद पुरस्कार उनेछन् ।

गजाधर धनमाया रंगशालामा संचालन जारी प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुनेछ ।

परम्परागत रुपमा लाग्दै आएको कागे मेलालाई निरन्तरता र प्रर्वदन गर्ने लक्ष्य सहित कागे फुटबल प्रतियोगिता हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार