फुङनाम र कोलबोटे क्वाटरफाइनलमा

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा कोलबोटे एफसी र फुङनाम स्पोर्टिङ क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो खेलमा पहिलो खेलमा युथ युनाइटेड गोदकलाई २-० गोलले पराजित गर्दै कोलबोटे क्वाटरफाइनलमा प्रवेश गरेको हो । जितका लागि कोलबोटेका सुकराज राई र सन्तोष लिम्बूले १/१ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच सन्तोष लिम्बू घोषित भए ।

त्यस्तै दोस्रो तथा अन्तिम प्रिक्वाटरफाइनल खेलमा डिएक्सएन पितामरू लाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै फुङनाम स्पोर्टिङ क्वाटरफाइनल प्रवेश गरेको हो । जितका लागि फुङनामका देउचन राईले २ र सुरज राईले १ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच देउचन राई घोषित भए ।

फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम-७ दोकानडाँडाको आयोजनामा जारी प्रतियोगितामा इलाम, झापा र पाँचथरका गरी १६ टिमको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले नगद २ हजार र ट्रफि पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार प्राप्त गर्नेछन् ।

स्थानीय जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल २५ कात्तिकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार