देउमाई : इलामको देउमाई नगरपालिका-५ स्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा जारी सिंगलप्पा गोल्ड कपमा मिर्मिरे एफसी जीतपुर र आङदाङ्ग एफसी फाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको पहिलो सेमीफाइनलमा माङ्सेबुङ्ग चिबुवा एफसीलाई टाइब्रेकरमा पाखा लगाउँदै मिर्मिरे एफसीले फाइनलको यात्रा तय गरेको हो ।
दोस्रो सेमिफाइनलमा पानिटार एफसीलाईल १-० गोल अन्तरले पराजित गर्दै आङ्दाङ्ग एफसी फाइनलमा प्रवेश गर्यो ।
उपाधिका लागि बिहीबार हुने फाइनलमा मिर्मिरे र आङदाङ्गबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३३,३३३ हजार र उपविजेताले नगद २२,२२२ हजार पाउनेछन् । सिंगलप्पा खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।