दिपावली विशेष खुला नकआउट फुटबलमा विकल्प एफसी फाइनल प्रवेश

इलाम : इलामको देउमाई नगरपालिका-२ स्थित साब्जुङमा जारी दिपावली विशेष खुला नकआउट फुटबल प्रतियोगितामा विकल्प एफसी फाइनलमा प्रवेश गरेको छ ।

सोबार भएको अन्तिम सेमीफाइनलमा इस्ट इलामलाई ३-२ गोल अन्तरले हराउँदै विकल्प फाइनलको यात्रा तय गरेको हो ।

विकल्पले अब उपाधिका लागि २७ कात्तिकमा हुने फाइनलमा मिर्मिरे एफसीसँग प्रतिष्पर्धा गर्नेछ ।

नेकपा (माओवादी केन्द्री) को सहायक संगठन वाइसीएल नेपालको प्रायोजनमा साब्जुङ खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा २६ टिमको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार