कागे नकाउट फुटबल : छिन्तापु र माईजोगमाई विजयी

इलाम :  इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे नकाउट फुटबल प्रतियोगितामा छिन्तापु एफसी र माईजोगमाई गाउँपालिका विजयी भएका छन् ।

आइतबार भएको पहिलो खेलमा आआरसी प्याङलाई १-० गोल अन्तरले हराउँदै छिन्तापु एफसी बिजयी भएको हो । छिन्तापुको जितमा खेलको ५३ औ मिनेटमा सन्दिप गुरुङले गरेको गोल निर्णायक बन्यो ।

दोश्रो खेलमा माईजोगमाईले वाकओभर पायो । दोश्रो खेलमा माइमझुवा एफसी खेलमा नआएपछि माईजोगमाईले वाकओभर पाएको हो ।

प्रतियोगिता अन्तरगत पहिलो चरणको अन्तिम खेलमा सवमबार जनता सेभेन र ड्राइभर एफसी तथा नालिफुङवा एफसी र मोनलेण्ड एफसी भिड्ने छन् ।

जमुना खेलकुद विकास समितिआयोजनमा संचालित प्रतियोगितामा २0 टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार एक सय र उपविजेताले नगद ७५ हजार पाँच सय रुपैयाँसहित ट्रफि पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार