फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका-७ स्थित दोकानडाँडामा जारी खुल्ला नकआउट फुटबल प्रतियोगितामा फुङ्वा युवा समूह फाकफोकथुम-४ र फाइभस्टार आसङराङ पाँचथर विजयी भएका छन् ।
आइतबार भएको पहिलो खेलमा फाक्तेप युथ क्लब पाँचथरलाई २-१ गोलको अन्तरले हराउँदै फुङ्वा युवा समूह अघिल्लो चरणमा प्रवेश गरेको हो । त्यस्तै दोस्रो खेलमा
महमाई एफसी विरुद्ध २-१ गोलको संघर्षपूर्ण जित दर्ता गर्दै फाइभस्टार आसङराङ पाँचथरले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिता अन्तरगत सोमबार पहिलो खेलमा जुनतारा साँस्कृतिक समूह माङसेबुङ र साब्जुङ एफसी तथा दोस्रो खेलमा लिटल किकर्स एकाडेमी दमक र नाइनस्टार चिलिङदेनबीच प्रतिष्पर्धा हुनेछ ।
फाकफोकथुम खेलकुद विकास समिति, फाकफोकथुम-७ दोकानडाँडाको आयोजनामा जारी प्रतियोगितामा इलाम, झापा र पाँचथरका गरी १६ टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार र उपविजेताले नगद ६५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताले नगद २ हजार र ट्रफि पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार प्राप्त गर्नेछन् ।
स्थानीय जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल खेल २५ कात्तिकमा हुनेछ ।