सिंगलप्पा गोल्डकपमा माङसेबुङ सेमीफाइनल प्रवेश

देउमाई : इलामको देउमाई नगरपालिका-५ स्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा जारी सिंगलप्पा गोल्डकप २०८० मा माङसेबुङ सेमीफाइनल प्रवेश गरेको छ ।

आइतबार भएको अन्तिम क्वार्टर फाइनलमामा सिङ्गलप्पा विरुद्ध ३-० गोलको सहज जित निकाल्दै माङसेबुङले सेमीफाइनलको यात्रा तय गरेको हो ।

माङसेबुङले फाइनल प्रवेशका लागि मंगलबार हुने सेमीफाइनलमा मिर्मिरे एफसी जितपुरसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । त्यस्तै सोही दिन अर्को सेमीफाइनलमा पानीटार एफसी र आङदाङ एफसीबीच प्रतिष्पर्धा हुनेछ ।

सिंगलप्पा खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ रुपैयाँ हजार पाउनेछन् ।

प्रतियोगिताको फाइनल बिहीबार हुने आयोजक समितिका सचिब भीमप्रसाद लिम्बूले जानकारी दिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार