इलाम : इलामको देउमाई नगरपालिका-२ स्थित साब्जुङमा जारी दिपावली विशेष खुला नकआउट फुटबल प्रतियोगितामा मिर्मिरे एफसी फाइनलमा प्रवेश गरेको छ ।
आइबार भएको पहिलो सेमीफाइनलमा केवाईसी शान्तिडाँडालाई ३-१ गोल अन्तरले हराउँदै मिर्मिरेले फाइनलको यात्रा तय गरेको हो ।
मिर्मिरेले उपाधिका लागि सोमबार हुने इस्ट इलाम र विकल्प एफसीबीचको दोस्रो तथा अन्तिम सेमीफाइलको विजेता टिमसँग प्रतिष्पर्धा गर्नेछ ।
आइतबारकै लागि तोकिएको इस्ट इलाम र विकल्प एफसीबीचको खेल खराब मौसमका कारण आयोजकले सोमबारका लागि स्थगित गरेको हो ।
नेकपा (माओवादी केन्द्री) को सहायक संगठन वाइसीएल नेपालको प्रायोजनमा साब्जुङ खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा २६ टिमको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछन् । प्रतियोगिताको फाइनल २७ कात्तिकमा हुने वाईसीएल देउमाई नगर समिति इन्चार्ज डिवन राईले जानकारी दिए ।