कागे नकाउट फुटबल : सन्दकपुर र टारी विजयी

फाइल तस्बिर

इलाम :  इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे नकाउट फुटबल प्रतियोगितामा सन्दकपुर एफसी र टारी एफसी बिजयी भएका छन् ।

शनिबारको पहिलो खेलमा सन्दकपुरले युथ युनाइटेड गोदकलाई ३-२ गोल अन्तरले हराउँदै बिजयी भएको हो । सन्दकपुरको जितमा सन्तोष मगरले २ र निशान गुरुङले १ गोल गरे । गोदकबाट मिक्सन दासले २ गोल फर्काए ।

दोस्रो खेलमा टारी एफसीले जमुना एफसीलाई ३-१ गोल अन्तरले हराएको हो । जितका लागि टारीबाट रोजन घलेले २ र प्रदिप राईले १ गोल गरे । जमुनाका युवराज गुरुङले १ गोल फर्काए ।

प्रतियोगिता अन्तरगत आइतबार पनि दुई खेल संचालन हुनेछन् । पहिलो खेलमा साहारा एफसी र छिन्तापु एफसी तथा दोस्रो खेलमा माइमझुवा एफसी र माईजोगमाई गाउँपालिका भिड्नेछन् ।

जमुना खेलकुद विकास समितिआयोजनमा संचालित प्रतियोगितामा २0 टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार एक सय र उपविजेताले नगद ७५ हजार पाँच सय रुपैयाँसहित ट्रफि पाउनेछन् । प्रतियोगिताको फाइनल २५ कात्तिकमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार