सिंगलप्पा गोल्डकपमा पानिटार र मिरमिरे सेमीफाइनल प्रवेश

देउमाई : इलामको देउमाई नगरपालिका-५ स्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा जारी सिंगलप्पा गोल्डकप २०८० मा पानिटार एफसी र मिरमिरे एफसी जीतपुर सेमीफाइनल प्रवेश गरेका छन् ।

शनिबारको पहिलो क्वार्टर फाइनलमामा लुम्दे एफसीलाई टाइब्रेकरमा पाखा लगाउँदै पानिटार एफसी सेमीफाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै दोस्रो क्वार्टरमा इस्ट इलामलाई २-० गोल अन्तरमा पराजित गर्दै मिरमिरे एफसी सेमीफाइनल प्रवेश गर्‍यो ।

पहिलो खेलमा लुम्देका साजन मगर र दोस्रो खेलमा मुकेश राई एफ मेन एफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत आइतबार माङ्सेबुङ र सिङलप्पा एफसीबिच क्वार्टर फाइनल खेल हुनेछ ।

सिंगलप्पा खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।

प्रतियोगिताको विजेताले नगद ३३ हजार ३ सय ३३ र उपविजेताले नगद २२ हजार २ सय २२ रुपैयाँ हजार पाउनेछन् ।

प्रतियोगिताको फाइनल २३ कात्तिकमा आयोजक समितिका सचिब भीमप्रसाद लिम्बूले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार