इलाम : इलामको देउमाई नगरपालिका-२ स्थित साब्जुङमा जारी दिपावली विशेष खुला नकआउट फुटबल प्रतियोगितामा इस्ट इलाम, मिरमिरे एफसी, विकल्प एफसी र केवाइसी शान्तिडाँडा सेमीफाइनल प्रवेश गरेका छन् ।
शनिबारको पहिलो क्पार्टरमा पिपलबोटे एफसीलाई टाइब्रेकरमा पाखा लगाउँदै इस्ट इलामले सेमीफाइनलको यात्रा तय गरेको हो ।
दोस्रो क्वार्टरमा तपेवा एफसीलाई २-० गोल अन्तरमा पराजित गर्दै मिरमिरे एफसी सेमीफाइनल प्रवेश गर्यो ।
तेस्रो क्वार्टरमा टाइब्रेकरमा एनआरटी एफसी चमैतालाई हराउँदै विकल्प एफसीले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
चौथो तथा अन्तिम क्वार्टरमा हेभेन एफसी दमक विरुद्ध १-० को संघर्षपूर्ण जित दर्ता गर्दै केवाईसी शान्तिडाँडाले अन्तिमा चारको यात्रा पक्का गरेको हो ।
प्रतियोगिता अन्तरगत आइतबार सेमीफाइनल खेल संचालन हुनेछन् । पहिलो सेमीफाइनलमा इस्ट इलाम र विकल्प एफसी तथा दोस्रो तथा अन्तिम सेमीफाइनलमा मिरमिरे एफसी र केवाईसी शान्तिडाँडाबीच प्रतिष्पर्धा हुनेछ ।
नेकपा (माओवादी केन्द्री) को सहायक संगठन वाइसीएल नेपालको प्रायोजनमा साब्जुङ खेलकुद विकास समितिको आयोजनमा १३ कात्तिकदेखि संचालित प्रतियोगितामा २६ टिमको सहभागिता थियो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार पाउनेछन् । प्रतियोगिताको फाइनल २७ कात्तिकमा हुने वाईसीएल देउमाई नगर समिति इन्चार्ज डिवन राईले जानकारी दिए ।